• Saturday 12th of September 2026

माओवादी महाधिवेशनः बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल चयन


  • आशाका किरण
dxflwj]zgsf] aGb zqdf ;'/Iff lbFb} g]kfn k|x/L sf7df8f}F, !@ k'; M g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf] cf7f}F /fli6«o dxflwj]zgsf] aGb zq:yn k|1fejgdf ;f]daf/ ;'/Iff lbFb} g]kfn k|x/L . t:jL/M k|bLk/fh jGt÷ /f;;

नेकपा(माओवादी केन्द्र)ले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो । सुरुमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ । स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।
अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी हुनुहुन्छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

यस्तै, नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij