• Saturday 25th of July 2026

पार्टी विभाजन गरेर समाजवाद आउँदैन : अध्यक्ष ओली


  • आशाका किरण
g]skf -Pdfn]_ sf cWoIf cf]nL M zkyu|x0f sfo{qmdnfO{ ;Daf]wg ub}{ sf7df8f}+, #) dªl;/ M g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ s]G›Lo sld6Lsf] bf]>f] k"0f{ a}7såf/f dgf]lgt s]G›Lo ;b:osf] zkyu|x0f sfo{qdnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . t:jL/ M rG›snf If]qL÷/f;;

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्काे दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने आरोप लगाउनुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ प्रवेशका अवसरमा एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो ।

उहाँले यस नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन प्रवासी नेपालीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij