• Friday 24th of July 2026

सभापति देउवाद्वारा शाही, पौडेल र गुरुङ केन्द्रीय सदस्य मनोनित


  • आशाका किरण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ ।
पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित हुनुभएका देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मनोनित हुनुभएकामध्ये गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्रीमा पराजित हुनुभएको थियो । सभापति देउवाले यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको थियो ।विधानअनुसार १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको थियो । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij