• Saturday 12th of September 2026

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन


  • आशाका किरण
s}nfnL, @@ k'; -/f;;_ . cfd;efnfO{ ;Daf]wg ub}{ /fk|kfsf cWoIf lnªb]g !=/fli6«o k|hftGq kf6L{sf] laxLaf/ wgu9Ldf cfof]lht ;'b"/klZrd k|b]z :tl/o cfd;efnfO{ ;Daf]wg ub}{ kf6L{sf cWoIf /fh]Gb| lnªb]g . t:jL/ M ltns/fh cf]emf, /f;;

राष्ट्रिय प्र्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताउनुभयो ।

उहाँले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताउनुभयो । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था अवश्यक भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij