सुदर्शन बजगाई,आशाका किरण समाचार। राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष उज्वल घिमिरेले महेश बस्नेतामाथी गम्भीर आरोप लगाएका छन्। आशाका किरण मिडियासंग कुराकानी गर्दै घिमिरेले महेश बस्नेतले नेपाली युवालाई गलत निर्देशन दिएर उत्तेजित बनाएर गलत बाटोमा लाग्न प्रेरित गरेको बताउनुभएको छ।
युवाहरुलाई उद्धमशिल ,अध्यनशील र श्रमसंग जोडिन सिकाउनु कता हो कता चापलुसी र अराजक गतिविधि मात्र गर्न महेस बस्नेतले सिकाएको घिमिरेले आरोप लगाएका हुन्।
संगठनमा छलफलनै नगरी आफ्ना आसेपासेलाई राखेर संगठन कब्जा गर्ने योजना अनुरुप ९ औं महाधिवेशन आयोजक कमिटीको सर्कुलर निस्केपछी घिमिरेले सो धारणा सार्वजनिक गरेका हुन्।
कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न र युवा आन्दोलनलाई कमजोर बनाउन महेश बस्नेतले इमान्दार र त्यागी कार्यकर्तालाई संगठनबाट बिदा गरेर संगठन कब्जा गर्न खोजेको उहाँले आरोप लगाउनु भएको छ।
अझ माओवादीबाट आएका युवालाई उहाँले देखी नसहेको र नेकपाको एकताबाट जोडिएका साथीहरुलाई छानी छानी पेलेर भित्तामा पुर्र्याउन खोजेको समेत उनले बताए।
घिमिरे एकता प्रक्रियाबाट एमालेमा रहेका मध्यमा सबैभन्दा सिनियर युवा नेता हुन्।
