• Saturday 12th of September 2026

‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक’ एमाले नेता ज्ञवाली


  • आशाका किरण
kqsf/ e]63f6 sfo{qmd ;Daf]wg sf7df8f}F, @# dªl;/M k|]; rf]}tf/L g]kfnåf/f /fhwfgLdf laxLaf/ cfof]lht kqsf/ e]63f6 sfo{qmdnfO{ ;Daf]wg ub}{ g]skf -Pdfn]_ sf dxf;lrj k|bLks'df/ 1jfnL . tl:a/M rG›snf If]qL÷/f;;

नेकपा (एमाले) का उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताउनुभएको छ ।

रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।”

उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छौं ।” नेता ज्ञवालीले एमसिसि देशको दुई पक्षीय हितमा हुनुपर्नेमा जोड दिँदै त्यसलाई माओवादीले गिजोल्ने काम गरेको आरोप लगाउनुभयो ।

एमाले गुल्मीका इञ्चार्ज दिनेश पन्थी र रुपन्देहीका इञ्चार्ज भूमिश्वर ढकाल लगायतले एमाले कम्युनिष्ट आन्दालेनको मूल प्रवाह भएको बताउनुभयो । विप्लव नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खिम खड्का, नारायण पौडेललगायत व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij