• Saturday 12th of September 2026

‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ– अध्यक्ष दाहाल


  • आशाका किरण
sf7df8f}F, @ r}t M k|lzIf0f sfo{qmddf cWoIf bfxfn g]skf -dfcf]jfbL s]G›_sf] pkTosf ljz]if ;ldlt÷;Dks{ ;dGjo ljz]if k|b]z ;ldlt÷k|jf; ;dGjo ;ldltsf] a'waf/ ePsf] j}rfl/s–/fhgLlts k|lzIf0f sfo{qmddf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/M /Tg >]i7÷ /f;;

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएकाले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताउनुभयो । विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उहाँले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको, प्रतिक्रान्तिको खतरा तीव्र गतिमा अगाडि आएको उल्लेख गर्दै उहाँले गत वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको बताउनुभयो । “हामीले गत वर्षको असंवैधानिकरूपमा गरिएको संसद् विघटनलाई जनताको ‘हुङ्कार’बाट पराजित ग¥यौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “आगामी निर्वाचनमा पनि सम्पूर्ण तागत लगाएर प्रतिगामी तत्वलाई परास्त गर्नुपर्छ ।”

आगामी निर्वाचनमा माओवादीलाई कमजोर बनाउने र साम्राज्यवादी मुलुकमा जस्तै ‘टु पार्टी सिष्टम’ लागू गर्ने षडयन्त्र भइरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिले दुई वटा बुर्जुवा पार्टी मात्र बनाउने कसरत भइरहेको छ, क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ, आउँदै गरेका सबै निर्वाचन हाम्रा लागि सामान्य निर्वाचन मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एण्ड डेथ’को लडाईं भएर आएको छ ।”

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गत फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्धरूपमा निर्वाचनमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उहाँले पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने निर्वाचन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्पूर्ण नेता अब पालिका केन्द्रित हुनुपर्ने बताउनुभयो ।

शान्ति प्रक्रिया जोगाउन व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन

अध्यक्ष दाहालले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिनुभयो । “एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउनका लागि हरसम्भव प्रयत्न गरियो, एउटा यस्तो विन्दुमा पुगियो कि, एमसिसी सम्झौता अनुमोदन नगरी अगाडि नजाने अवस्था आइपुग्यो”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया धरापमा पर्ने, प्राप्त उपलब्धि गुम्ने खतरा आएपछि जोखिम मोलेर व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गरिएको हो ।”

बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष दाहालले एमसिसीलाई अगाडि नबढाउँदा मुलुक राजनीतिक सङ्कटमा फस्ने अवस्थामा पुगेको चित्रित गर्नुभयो । “नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर, रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिका रूपमा अगाडि सारेर तथा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गरेर क्रान्तिकारी बन्न खोजियो”, आफ्नो पहिलो कार्यकालको समीक्षा गर्दै उहाँले भन्नुभयो, “घटनाक्रमले बहुमतको सरकार पनि गयो, संविधान पनि बनेन, एमसिसी अगाडि नबढाउने निर्णय गरेको भए प्राप्त उपलब्धि पनि गुम्ने अवस्था थियो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij