• Saturday 25th of July 2026

यस्तो थियो २०७४ को स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा नगर प्रमुखको मत परिणाम: यो पटक कसले मार्ला बाजी ?


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै राजनैतिक माहोल तात्न थालेको छ ।

चिया पसलदेखी पाँच तारे होटल सम्म र हरेक टोल टोलमा चुनावको माहोल तातेको छ ।

चुनावको माहोल तातेसंगै जनतालाई विगतको अवस्था र अब के होला भन्ने उत्सुकता जगाउन आशाका किरण मिडियाले स्थानिय तहमा कसले कति मत प्राप्त गरे त्यसको निर्वाचन आयोगबाट प्रमाणीकरण भएको तपशिलको तथ्य प्रस्तुत गर्ने जमर्को गरेको छ।
काठमाडौंको उत्तरपुर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसेले ९००९ मत प्राप्त गरि नगर प्रमुखमा विजयी भएका थिए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता पुण्यप्रसाद चौलागाईंले ७५९५ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रका उम्मेदवार तेजराज नेपालले २०२६ मत प्राप्त गरेका थिए भने,राप्रपा नेपालका उम्मेदवार श्यामकृष्ण श्रेस्ठले ७८५ मत प्राप्त गरेका थिए ।

तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार तुलसी प्रसाद पौडेलले २०५ मत प्राप्त गरेका थिए ।

विगतको मत परिणाम काँग्रेसको पोल्टोमा गएतापनी यसपालीको स्थानीय तहको चुनावमा कसले बाजि मार्छ त्यो भन्न त्यति सजिलो छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij