• Saturday 12th of September 2026

निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड


  • आशाका किरण
sf7df8f}F, @ r}t M k|lzIf0f sfo{qmddf cWoIf bfxfn g]skf -dfcf]jfbL s]G›_sf] pkTosf ljz]if ;ldlt÷;Dks{ ;dGjo ljz]if k|b]z ;ldlt÷k|jf; ;dGjo ;ldltsf] a'waf/ ePsf] j}rfl/s–/fhgLlts k|lzIf0f sfo{qmddf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/M /Tg >]i7÷ /f;;

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताउनुभएको छ ।

सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न आज जनकपुरधाम आइपुग्नु भएका अध्यक्ष प्रचण्डले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

“अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन्”, उहाँले भन्नुभयो, “आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसको हातमा छ ।” अध्यक्ष दाहालले हामीले गठबन्धलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा छौँ तर कांग्रेसभित्र तालमेलको बिषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो कांग्रेसकै भूमिकामा निर्भर हुने बताउनुभयो ।

“स्थानीय तहको निर्वाचनमा कांग्रेस तालमेल गर्न तयार भए आफूहरु पनि तयार छौँ, तर कांग्रेसले गर्न चाहेन भन्ने हामी पनि आफ्नै तरिकाले चुनाबमा जान्छौँ”, उहाँले भन्नुभयो, “त्यसैले कसरी जाने भन्ने कुरा कांग्रेसकै हातमा छ ।” हामी आफ्नै खुट्टामा उभिएर चुनाबी परिणाम ल्याउने गरी तयारी गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने बिषयमा गठबन्धनभित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिदैं सत्तासाझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताउनुभयो ।

“मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन”, उहाँले भन्नुभयो, “केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।” अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विद्येयक र रेलसम्बन्धी विद्येयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij