• Saturday 12th of September 2026

एमाले केन्द्रीय कमिटी : प्रतिवेदनमाथि बिहीबार छलफल हुने


  • आशाका किरण
sf7df8f}F, ( r}t M Pdfn]sf] s]Gb|Lo sld6L t];|f] a}7s g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] /fhwfgLdf a'waf/ a;]sf] s]Gb|Lo sld6Lsf] t];|f] a}7sdf cWoIf s]kL zdf{ cf]nLnufot ;xefuL . tl:a/ M rGb|snf If]qL÷/f;;

नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा आज प्रस्तुत भएका प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको सो बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् । बैठकमा शपथग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij