• Saturday 12th of September 2026

एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली


  • आशाका किरण
sf7df8f}F, & r}t M -Pdfn]_sf] k|yd kf]ln6Ao"/f] a}7s /fhwfgLdf ;f]daf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf] k|yd kf]ln6Ao"/f] a}7snfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M rG›snf If]qL÷/f;;

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताउनुभयो । उहाँले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गर्नुभयो ।

त्यसअवसरमा व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij