• Saturday 12th of September 2026

स्थानीय निर्वाचनमा सत्ता साझेदार दलबीच तालमेल हुन्छ : मन्त्री आले


  • आशाका किरण
df]/ª, !* r}t M lj/f6gu/ ljdfg:yndf ;~rf/sdL{;Fu dGqL cfn] ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] z'qmaf/ lj/f6gu/ ljdfg:yndf ;~rf/sdL{;Fu d'n'ssf] ;d;fdlos ljifodf s'/fsfgL ub}{ . tl:a/M dgf]h bfxfn÷/f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताउनुभयो ।

उहाँले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र रु १६ अर्ब विनियोजन भएको जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन र लगेज बेल्टको लागि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij