• Saturday 12th of September 2026

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल


  • आशाका किरण
s}nfnL, @) r}tM kqsf/ ;Dd]ngdf cWoIf g]kfn ;dfhjfbL k|]; ;ªu7g g]kfn s}nfnLn] cfOtaf/ wgu9Ldf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf g]kfn sDo'lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs'df/ g]kfn . tl:a/ M ltns/fh cf]emf÷/f;;

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।” उहाँले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताउनुभयो ।

“हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।”

उहाँले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij