• Saturday 12th of September 2026

जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख गुरुङ


  • आशाका किरण
k|b]z k|d'v u'?ª dGtJo /Tggu/, @* r}t . lrtjgsf] e/tk'/df cfof]lht td" Xo'n 5f]+h wL+ u'?ª /fli6«o kl/ifbsf] P]ltxfl;s rf}yf] /fli6«o dxflwj]zgsf qmddf pb3f6g dGtJo /fVb} u08sL k|b]z k|d'v k[YjLdfg u'?ª . t:jL/ M ;'/]g s'Fj/, /f;;

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताउनुभएको छ । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राख्नुभयो ।

जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “यो समुदायले राजनीतिमा पहुँच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो । राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न उहाँको आग्रह थियो ।

सो अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमु प्ये ल्हु सङ्घ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

महाधिवेशन मङ्गलबारसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन ६५ जिल्लाका झण्डै एक हजार प्रतिनिधि चितवन आएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij