• Saturday 12th of September 2026

गठबन्धनमा एसको भूमिका महत्वपूर्ण हुन्छ : नेपाल


  • आशाका किरण
cWoIf g]kfn unsf]6, @* r}t . g]kfn sDo'lg:6 kf6L{ -Plss[t ;dfhjfbL_ afun'ªn] ;f]daf/ cfof]hgf u/]sf] sfo{stf{ k|lzIf0f tyf e]nfnfO{ ;Daf]wg ub}{ cWoIf dfwjs'df/ g]kfn . t:jL/ M v]d/fh uf}td, /f;;

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा(एस)को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उहाँले गठबन्धको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरु पार्टीले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

विचार मिल्नेहरूका बीचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उहाँले दक्षिण पन्थी अवसरबादका विरुद्धमासँगै लडाइँको मैदानमा जाने दाबी गर्नुभयो । कम्युनिष्ट पार्टी बनाउनेले नै विद्रोह गर्नुपरेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको उहाँले बताउनुभयो । पार्टी कार्यकर्ता प्रशिक्षणमा बागलुङ आउनुभएका नेता नेपालले आज बागलुङ बजारमा भेलालाई सम्बोधन गर्दैै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताउनुभयो ।

उहाँले आफ्नो पार्टीमा जनलहर सुरु भएको पनि बताउनुभयो । संस्थापक पुष्पलालदेखि आफ्नो पालामासमेत नेतृत्वको अर्कमन्यताले विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । इतिहासमा पुष्पलालले विद्रोह गरेको स्मरण गर्दै उहाँले बहुमतलाई कारबाही गर्न खोजेपछि आफूले विद्रोह गर्न बाध्य भएको बताउनुभयो । नेपालले भन्नुभयोे, “विरोधीजति सबै निकाल्छु भनेपछि शिर निहुराएर बस्न सकिएन ।” उहाँले बैठकबाट भाग्ने नेता, बन्दुकबाट भाग्ने सिपाहीबाट केही आस गर्न नसकिने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij