• Saturday 12th of September 2026

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै : अध्यक्ष लिङ्देन


  • आशाका किरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ । राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्न लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गर्नुभयो ।

अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु नै धनी भएको भन्दै अध्यक्ष लिङ्देनले उनीहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दू धर्म रहेको नेपालमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरी हिन्दूहरुको अपमान गरेको आरोप लगाउनुभयो । उहाँले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा जबराले तराई मधेसको यावत समस्या समाधान राप्रपाले नै गर्ने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेका सयौँ कार्यकर्तालाई रापप्रा पार्टी प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij