• Saturday 12th of September 2026

राष्ट्रियसभाका मनोनीत सदस्य दाहालद्वारा शपथ


  • आशाका किरण
k|tLs lrXg k|bfg ub}{ /fli6«o;efsf cWoIf ltldlN;gf sf7df8f}F, @( r}t M /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf /fli6«o;ef ;b:odf dgf]gLt gf/fo0fk|;fb bfxfnnfO{ dËnaf/ kb tyf uf]kgLotfsf] zkykZrft ;ª3Lo ;+;bsf] k|tLslrXg k|bfg ub}{ . t:jL/ M /Tg >]i7÷/f;;

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो ।

शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिनुभयो । शपथ ग्रहण कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम लगायतको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गर्नुभएको हो । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij