• Saturday 12th of September 2026

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली


  • आशाका किरण
g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @( r}t M Ps ;o afx|f}F cGt/f{li6«o >lds dlxnf lbj;sf] cj;/df dËnaf/ /fhwfgLdf cfof]lht ;ª3if{zLn of]4fx? k':ts nf]sk{0f tyf k|]/0ffbfoL dlxnf ;Ddfg sfo{qmddf ;Daf]wg ub}{ g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M rG›snf If]qL÷/f;;

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताउनुभएको छ । एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गर्नुभयो ।

विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उहाँले बताउनुभयो । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उहाँले बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताउनुभयो । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उहाँको दावी थियो । ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उहाँले उल्लेख गर्नुभयो । एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij