• Saturday 12th of September 2026

गठबन्धन दलले ‘एकअर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ’ -मन्त्री झाँक्री


  • आशाका किरण
zx/L ljsf;dGqL emfFsL sf7df8f}F, @( r}t M zx/L ljsf; dGqfnoåf/f dËnaf/ oxfF cfof]lht /fli6«o zx/L gLlt, zx/L ljsf; P]g / o'l6ln6L sf]l/8f]/ P]g th{'df;DaGwL k/fdz{ uf]i7LnfO{ ;Daf]wg ub}{ zx/L ljsf;dGqL /fds'df/L emfFsL . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उहाँले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उहाँको भनाइ छ ।

“सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौँ”, उहाँले भन्नुभयो, “एक्लै हिँड्छु भनेर हिँड्यौ भने हामी कहीँ पुग्दैनौँ, हामी सँगसँगै हिँड्यौँ भने लक्ष्य हासिल गर्न सकिन्छ ।” मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँअनुसारले काम गर्न आग्रह गर्नुभयो ।

संविधानसभा सदस्य विदुर सापकोटाले प्रतिगमनकारी शक्तिका अवशेषलाई समाप्त गर्दै वर्तमान व्यवस्थालाई जोगाउन, प्राप्त उपलब्धिको संरक्षण गर्न र मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउनको लागि अहिलेको गठबन्धन भएको बताउनुभयो । बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहँदा विगत पाँच वर्षमा जनप्रतिनिधिले केके गरे र अब के गर्दैछ भन्ने कुरालाई राम्रोसँग मनन् गरेर अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij