• Saturday 12th of September 2026

गठबन्धन मुलुकको वर्तमान आवश्यकता हो : नेता सिंह


  • आशाका किरण
sf7df8f}F, % j}zfv M gofF jif{sf] z'esfdgf cfbfgk|bfg tyf k|hftflGqs oftfoft Joj;foLnfO{ ;Ddfg sfo{qmd ;fdfv'zL oftfoft k|flnn] ;f]daf/ cfof]hgf u/]sf] …gofF jif{ @)&( ;fnsf] z'esfdgf cfbfgk|bfg, Sofn]08/ ljdf]rg Pjd k|hftflGqs oftfoft Joj;foLnfO{ ;DdfgÚ sfo{qmddf dGtJo JoQm ub}{ g]kfnL sf+u|]; g]tf k|sfzdfg l;+x . tl:a/ M cRo't /]UdL÷/f;;

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताउनुभएको छ ।

सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उहाँले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको हो । “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उहाँले भन्नुभयो । निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाका रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले आगामी हुन लागेको स्थानीय तहको निर्वाचनमा सङ्गठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताउनुभयो । उहाँले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले कांग्रेसले स्थानीय तहको निर्वाचनमा जनाधार हेरेर उम्मेदवार खडा गर्नुपर्ने बताउनुभयो । उहाँले नेताभन्दा नीतिमुखी व्यक्तिलाई उम्मेदवारका रुपमा पार्टीले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापति, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, निवर्तमान अध्यक्ष योगेन्द्रमान कर्माचार्य, उपाध्यक्ष रवि रिमाल लगायतले मुलुकको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij