• Saturday 12th of September 2026

समृद्धिका लागि एकता : मुख्यमन्त्री पोखरेल


  • आशाका किरण
Goflos ;ldltsf] /fli6«o ;Dd]ng pb3f6g ;df/f]xdf d'VodGqL kf]v/]n u08sL, !$ r}t M u08sL k|b]zsf d'VodGqL s[i0frGb| g]kfnL kf]v/]n kf]v/fdf ;f]daf/ cfof]lht Goflos ;ldlt k|yd /fli6«o ;Dd]ng pb3f6g ;df/f]xdf dGtJo JoQm ub}{ . tl:a/M xl/ afF:tf]nf÷/f;;

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको आगामी साझा लक्ष्य समृद्धि रहेको उल्लेख गर्दै त्यसका लागि सबैको एकताबद्ध प्रयास आवश्यक भएको बताउनुभएको छ ।लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले, “हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस्,” भन्नुभएको छ ।

लामो सङ्घर्षपछि संविधानसभामार्फत बनेको संविधान र त्यसपछि बनेको तीन तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, “वैशाख ११ गते सामान्य दिन होइन, २०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो ।”
आसन्न स्थानीय तहको निर्वाचनका साथै यसै वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij