• Saturday 12th of September 2026

गृहमन्त्री खाणद्वारा जगन्नथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह


  • आशाका किरण
dGqL vfF0f ?kGb]xL, & j}zfv M u[xdGqL afns[i0f vfF0f a'waf/ u[x lhNnf ?kGb]xLsf] ltnf]Qdfl:yt cfˆg} lgjf;df kqsf/ e]63f6 sfo{qmddf kqsf/;Fu s'/f ub]}{ . tl:a/M lg/f uf}td÷/f;;

गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उहाँका प्रस्ताबक र समर्थकलाई आज भेट गर्नुभएको छ । भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गर्नुभएको छ ।

पौडलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाणले स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“पार्टीले विशष परिस्थितिमा गठबन्धन गरेको छ । पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाउँ कार्यान्वयन गराउँ भन्नेनै हामीले विशेष आग्रह गरेका छौँ ।” निर्वाचनको समयमा पार्टीले आधिकारिक उम्मेदवार दिने जनाउँदै उहाँले कांग्रेस सधैँ लोकतन्त्रका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले असहज परिस्थिति छ । यो असहज परिस्थितिबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।” पौडेललाई भेट्नु अघि प्रस्तावक मीना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग पनि गृहमन्त्री खाणले भेटवार्ता गर्नुभएको थियो । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुँने ठाउँमा पुगेको जानकारी गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उहाँहरुको भविष्यसँग जोडिएको विषय छ । यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भने ।” छलफलका क्रममा गृहमन्त्री खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij