• Saturday 12th of September 2026

गठबन्धनको पक्षमा माहोल बनेको छ : नेपाल


  • आशाका किरण
cWoIf g]kfn lrtjg, @@ j}zfvM ;Qf u7aGwgn] laxLaf/ e/tk'/df cfof]hgf u/]sf] hg;efnfO{ ;Daf]wg ug{ cfpg'ePsf g]skf - PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfn e/tk'/ ljdfg:yndf kqsf/;Fu s'/fsfgL ub}{ tl:a/M gf/fo0f clwsf/L÷/f;;

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताउनुभएको छ । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आउनुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गर्नुभयो ।

नेपालले भन्नुभयो, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उहाँले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । चुनावको माहोल अनुकूल बनाउने भन्दै उहाँले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताउनुभयो । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उहाँले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भन्नुभयो ।

“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भन्नुभयो, “गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij