• Friday 24th of July 2026

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ : अध्यक्ष प्रचण्ड


  • आशाका किरण
e/tk'/ ljdfg:yndf cWoIf bfxfn lrtjg, @@ j}zfv M ;Qf u7aGwgn] laxLaf/ e/tk'/df cfof]hgf u/]sf] hg;efnfO{ ;Daf]wg ug{ cfpg'ePsf g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú e/tk'/ ljdfg:yndf kqsf/;Fu s'/fsfgL ub}{ . tl:a/M gf/fo0f clwsf/L÷/f;;

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गर्नुभएको छ ।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ भन्नुभयो । अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन जित्न असहज छैन ।” भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार हुनुहुन्छ । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ ।

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसक्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij