• Saturday 25th of July 2026

संयुक्तरुपमा मतदाताको घर घरमा जानुस् : अध्यक्ष नेपाल


  • आशाका किरण
k|wfgdGqL b]pjfnufot u7aGwg r'gfjL;efdf sf7df8f}F, @# j}zfv M k|wfgdGqL z]/axfb'/ b]pjf, k"j{ k|wfgdGqL dfwjs'df/ g]kfnnufot /Tgkfs{l:yt zflGt jfl6sfdf z'qmaf/ u7aGwgsf] tkm{af6 ePsf] r'gfjL;efdf ;xefuL x'Fb} . t:jL/ M /Tg >]i7÷/f;;

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक प्रगतिशिल र दक्षिणपन्थी गठबन्धनको बीचमा सङ्घर्ष भएको बताउनुभएको छ ।

संविधान जोगाउने, सुशासन कायम गर्ने, गणतन्त्रका हिमायती, धर्मरिनपेक्षताका पक्षधर प्रगतिशिल गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले यही गठबन्धनको पक्षमा मतदात गर्न आम मतदातालाई आग्रह गर्नुभयो ।

पाँच दलीय गठबन्धनका तर्फबाट आज यहाँ आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै उहाँले दुई तिहाई जनमतलाई खण्डित गरेर प्रतिगामी पथमा अग्रसर हुने प्रवृत्तिलाई परास्त गर्ने ध्येयका साथ आफूहरुकाबीचमा सहकार्य भएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “केपी ओलीको कार्यकालयमा कही नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन ।” अनुचित कुरा समाप्त पार्न, भ्रष्टचारको अन्त्य गर्न, सुशासनको प्रत्याभूति दिलाउन, कृषिको विकास, उद्योगधन्दाको विकास तथा शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने, स्वच्छ सफा हराभरा बस्ती बनाउने, पर्यावरणमैत्री अर्थतन्त्र बनाउने उद्देश्यका साथ देशवयापीरुपमा गठबन्धन अगाडि बढेको अध्यक्ष नेपालको भनाइ छ ।

गफ गरेर होइन, कामबाट जनताको मन जित्न आग्रह गर्दै उहाँले अहङ्कार र दम्भले कोही कसैको फाइदा नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गफँै गफले जनतालाई मुर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, तर त्यो सफल हुँदैन ।”

नेता नेपालले फोहोरमैलाको व्यवस्थापन गर्न, खानेपानीको उचित प्रबन्ध गर्ने उद्देश्यका साथ काम गर्न र इमान्दार भएर लागिपर्न आग्रह गर्दै आम जनतालाई आह्वान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुचित काम केही गरेका छैनौँ, देश र जनताको निम्ति जविन समर्पित गरेका छाँै भनेर जनतालाई आग्रह गरौ, यसबाट मतदाताले हामीलाई विश्वास गर्छन् ।”

संयुक्तरुपमा मतदाताको घर घरमा जान र प्रष्ट पार्न आग्रह गर्दै उहाँले नमिलेका स्थानमा मिलाउन एवम् प्रभावकारीरुपमा निर्वाचनको कार्यक्रम बनाउन आग्रह गर्नुभयो । मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा वृद्धभत्ताको शुरुवात गरेको अध्यक्ष नेपालले स्मरण गर्नुभयो । उहाँले परिवर्तनको पक्षमा मतदान गर्ने वातावरण बनाउन सबै पक्षको सार्थक सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij