• Saturday 12th of September 2026

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट


  • आशाका किरण
pmhf{dGqL e';fn;Fu /fhb"tsf] lzi6frf/ e]6 sf7df8f}F, @^ j}zfv M pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e';fn;Fu dGqfnodf lzi6frf/ e]6sf qmddf g]kfnsf nflu a]nfotsf /fhb"t lgsf]nf kf]ln6 . tl:a/M xl/ nfld5fg]÷/f;;

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।”

सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लाग्नु भएको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij