• Saturday 12th of September 2026

काठमाडौँ महानगर अपडेट : एक हजार ३९० मतले बालेन्द्र अगाडि


  • आशाका किरण
sf7df8f}F, !! j}zfv . sf7df8f}Fsf] d]o/ kbdf :jtGq pd]bjf/L btf{ u/]kl5 ufos jfn]g zfx . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ३९० मतान्तरसहित अगाडि रहनुभएको छ । आज अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले एक हजार ४३८ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij