• Saturday 12th of September 2026

आठबीसकोटमा माओवादी केन्द्र विजयी


  • आशाका किरण

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी हुनुभएको छ । केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्र बटालालाई पराजित गर्नुभएको हो । बटालाले ६ हजार ६१५ मत पाउनुभयो । सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन भएको थियो ।

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij