• Saturday 12th of September 2026

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट


  • आशाका किरण
k|d b]pjf–cd]l/sL pkljb]zdGqL–e]6 sf7df8f}F, * h]7 M k|wfgdGqL z]/axfb'/ b]pjf;Fu cfOtaf/ k|wfgdGqL lgjf;L afn'jf6f/df cd]l/sL gful/s ;'/Iff nf]stGq / dfgj clwsf/;DaGwL cd]l/sL pkljb]zdGqL ph|f lhofn] e]6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij