सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामालाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र नयाँ पिपुल्स पार्टीका अध्यक्ष दिनेश खनालले बधाई दिएका छन् ।

आज वडा कार्यालय पुगेर लामा र खनाल नेतृत्वको टोलीले समृद्ध कामनपा ६ बनाउन र कार्यकाल सफलताको शुभकामना दिएका हुन् । शुभकामना दिन नागरिक अभियानता जिग्मे भुजेल र विजय तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

शुभकामना ग्रहण गरेपछी वडा अध्यक्ष भुवन लामाले जनताको अपेक्षा अनुसार काम गर्ने र जनतालाई अधिकतम सुबिधा दिनमा आफू तल्लिन रहने बताएका थिए ।
