• Friday 11th of September 2026

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन प्रमुख प्रतिपक्ष दल एमाले-को माग


  • आशाका किरण
k|ltlglw;esf] a}7sdf ;xefuL ;f+;b sf7df8f}F, @& h]7 . k|ltlglw;ef ejg, afg]Zj/df z'qmaf/ ;'? ePsf] k|ltlglw;efsf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M k|bLk/fh jGt÷/f;;

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे दुई दिनअघि सदनमा सत्ता गठबन्धन पार्टीका एक प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर प्रश्न उठाउनुभएको सन्दर्भ उल्लेख गर्दै त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको आवाजलाई आधिकारिकता मानिन्छ, सत्तापक्षकै सचेतकले प्रधानमन्त्रीको भ्रमण सम्बन्धमा प्रश्न गरेको विषय सामान्य विषय होइन, त्यसका बारेमा प्रधानमन्त्रीले नै संसद्लाई जानकारी दिनुपर्छ ।”

उहाँले विशेष गरी प्रधानमन्त्रीको अमेरिका भ्रमणको समग्र विषय, त्यसको व्यवस्थापन, भ्रमणको प्रकृति, नेपालको परराष्ट्र नीति, वैदेशिक सम्बन्धका बारेमा जानकारी माग गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको विदेश भ्रमण जस्तो गम्भीर विषयमा प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउने, परामर्श लिने तथा सुझाव लिने र एउटा राष्ट्रिय समझदारी बनाउने चलन वर्तमान सरकारले छोड्दै गएको छ, भ्रमण राजकीय, आधिकारिक, सद्भावना मात्रै, अफिसियल वा के हो ? त्यसबारे हामीलाई जानकारी छैन, भ्रमणमा छलफलका विषय केके हुन यस विषयमा प्रतिपक्ष विल्कुल बेखबर छ ।”

उहाँले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको ऊर्जा उत्पादन सम्बन्धमा नेपाल र भारतबीच दीर्घकालीन अवधारणाका सन्दर्भमा पनि सदनलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अबदेखि नेपालमा ऊर्जा उत्पादन, प्रसारण लाइन विस्तार दुईतर्फी विद्युत् व्यापार दुवै देशको राष्ट्रिय प्रसारण लाइनको उपयोग त्यही फ्रेमवर्कअन्तर्गत हुनेगरी सरकारले ल्याएको छ त्यस योजनाबारे सदनलाई जानकारी दिनुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij