• Friday 24th of July 2026

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलद्वारा अर्थमन्त्रीको विरोध


  • आशाका किरण
k|ltlglw;ef a}7s sf7df8fF}, #) h]7M k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7sdf ;xefuL . tl:a/ M /Tg >]i7÷/f;;

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति विरोध जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका उपाध्यक्षसमेत रहनुभएका सांसद सुरेन्द्र पाण्डेले समय माग गर्दै अर्थमन्त्री शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठक प्रारम्भ हुने बित्तिकै उहाँले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेहरुसँग साँठगाँठ गरी करका दरहरुमा तलमाथि पारिएको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

“यति गम्भीर कुरा आएपछि पनि अर्थमन्त्रीले संसद्मा आएर आफ्ना कुरा प्रस्ट पार्नुभएन,” पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “करका दरबारे तलमाथि भएको भन्ने कुरा धेरै प्रतिपक्ष र सत्तापक्षका सांसदले उठाइसक्नुभएको छ, यति प्रश्न उठिसकेपछि अर्थमन्त्री पदमा बसिरहन मिल्छ ?”

उहाँले बजेट प्रस्तुत गर्न आगाडि करका दलहरुमा छलफल गर्ने बेलामा मन्त्रीबाहेक सचिव र अन्य कर्मचारीले समेत टेलिफोनमासम्म सम्पर्क गर्न नमिल्ने उल्लेख गर्दै भन्नुभयो, “बजेटमा करको दर छलफल गर्ने समयमा मन्त्री तथा सचिव समेत दराजमा फोन राखेर छलफलमा आउनुपर्ने हुन्छ, तर अर्थमन्त्रीले राति टेलिफोन गरेर छलफल गरी करको दरमा तलमाथि गर्न निर्देशन दिएको भन्ने कुरा आएको छ, त्यो कुरा गम्भीर छ ।” उहाँले यस बारेमा आ–आफ्नो पाार्टीले छानबिन गर्न माग गरेको समेत संसद्मा जानकारी गराउनुभयो ।

आजको बैठकमा युवा तथा खेलकुद, सहरी विकास, कृषि तथा पशुपक्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र, खानेपानी, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij