• Friday 11th of September 2026

असङ्लग्न नीतिलाई कमजोर बनाउनेगरी कुनै सम्झौता गर्न नहुने


  • आशाका किरण
sf7df8f}F, @ c;f/M ;+;bdf lj/f]w k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf g]skf -Pdfn]_sf ;f+;b O{Zj/ kf]v/]n cy{ dGqfnosf af/]df cfˆgf] 7fpFdf pleP/ lj/f]wsf ;fy dGtJo /fVb} . tl:a/M tl:a/ M /Tg >]i7÷/f;;

नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ । उहाँले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले आफू उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गर्नुभयोे ।

उहाँले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाउनुभयो ।

उहाँले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गर्नुभयो । उहाँले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताउनुभयो ।

बैठकमा सांसद दुर्गा पौडेलले एसपिपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको सङ्केत मिलेकाले त्यसलाइ अस्विकार गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij