• Friday 11th of September 2026

प्रम देउवाद्वारा सुशासन कायम गर्न निर्देशन


  • आशाका किरण
s~rgk'/,# c;f/M k|d b]pjfåf/f gjlgjf{lrt hgk|ltlglwnfO{ awfO tyf z'esfdgf k|wfgdGqL z]/axfb'/ b]pjf s~rgk'/sf gjlgjf{lrt hgk|ltlglwnfO{ awfO tyf z'esfdgf lbg dx]G›gu/df z'qmaf/ cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M z]/axfb'/ l;+x÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गर्नुभएको हो ।
जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम जनप्रतिनिधिसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij