सुदर्शन बजगाई,आशाका किरण समाचार। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काठमाडौं ३ का पुर्व संघीय सांसद कृष्ण राईले सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख हुँदा ५ वर्षमा केही नगरेको आरोप लगाउनु भएको छ ।
आज नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश ख को कार्यालय उत्धाटन गर्ने क्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राईले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् गोकर्णेश्वर नगरपालिकाका पुर्व नगर प्रमुख सन्तोष चालिसेलाई सो आरोप लगाउनु भएको हो ।
आफ्नो पार्टीको जिल्ला समन्वय समिती हुँदा जिसस काठमाडौंले १० करोड रकम विनियोजन गर्दा समेत नगरपालिकाको भवन नबनाउने सन्तोष चालिसेबाट जनताले केही अपेक्षा गर्न नसक्ने राईले बताउनु भयो ।
हेर्नुस् यस्तो छ कृष्ण राईले सन्तोष चालिसेलाई लगाएको आरोप जस्ताको त्यस्तै :
