• Wednesday 9th of September 2026

एमालेलाई बहुमत आवश्यक छ : अध्यक्ष ओली


  • आशाका किरण

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उहाँले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताउनुभयो ।

“एमाले एक्ललैले बहुमत ल्याउन परेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।”

विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उहाँले स्पष्ट गर्नुभयो । “अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन सकेन भनेर हल्ला हुँदैछ”, उहाँले भन्नुभयो, “०७४ मा प्रत्यक्षतर्फ एमालेलाई १६५ मा ८०, समानुपातिकतर्फ ११० मा ४१ सिट मात्रै आयो ।”

उहाँले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिकतर्फ १४ सिट बहुमतका लागि अपुग रहेको बताउनुभयो । मुलुक सञ्चालनका लागि टालाटुली नभई सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij