• Wednesday 9th of September 2026

बुधबार गृह जिल्ला डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा


  • आशाका किरण
k|wfgdGqL b]pjfnfO{ :jfut s0ff{nL, @( sflQs . g]kfnL sf+u|];sf ;efklt Pj+ k|wfgdGqL z]/axfb'/ b]pjfnfO{ d+unaf/ b}n]vsf] b'Nn'df u7aGwg bnåf/f cfof]lht ljzfn hg;efdf :jfut ub}{ . tl:a/ M gjLg l/hfn, /f;;

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने हुनुभएको छ । भोलि डडेल्धुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।

यसअघि कात्तिक १७ गते गृह जिल्ला पुग्नुभएका देउवा चार दिन बस्नुभएको थियो । सो क्रममा उहाँले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गर्नुभएको थियो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहनुभएको छ । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij