• Friday 24th of July 2026

बाँकेको क्षेत्र नं १ मा २ र ३ मात्र क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता


  • आशाका किरण

बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा ९माआवादी०का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा ९एमाले०का उम्मेदवार सूर्य ढकालले अग्रता लिनुभएको हो ।

तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ अग्रता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा ९माओवादी केन्द्र० का गहतराजले तीन हजार नौ सय ६ मतका साथ पछ्याइरहनुभएको छ । क्षेत्र नं २ मा २७ हजार नौ सय ७५ मतगणना हुँदा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणाले १३ हजार तीन सय ५१ मतका साथ अग्रता कायम गर्नुभएको छ । यहाँ जनता समाजवादी पार्टी ९जसपा० का मोहम्मद इश्तियाक राइले आठ हजार पाँच सय ३९ मत, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार सात सय ५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिनुभयो ।

क्षेत्र नं ३ मा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सात हजार चार सय ६५ मत ल्याएर अहिले अग्रता कायम गर्नुभएको छ । योभन्दा अघि उहाँ सुरुदेखि दोस्रो स्थानमा हुनुहुन्थ्यो । नेकपा ९एमाले०का किस्मतकुमार कक्षपतिले सात हजार दुई सय ४३ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले दुई हजार छ सय २९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना तीन स्थानमा भइरहेको छ । क्षेत्र नं १ को राप्ती सोनारी गाउँपालिका सभाकक्ष क्षेत्र नं २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं ३ को खजुरास्थितकपास विकास समितिको कार्यालय परिसरमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij