• Wednesday 9th of September 2026

नेकपा एमाले प्रतिपक्षमा बस्छ : महासचिव पोखरेल


  • आशाका किरण

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो ।

“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उहाँले भन्नुभयो, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।”

अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उहाँको भनाइ छ ।

प्रत्यक्ष निर्वाचनतर्फ दलित समुदायलाई उम्मेदवार बनाएर विजयी बनाउने पार्टीका रुपमा नेकपा एमाले पहिलो पार्टी बनेको उहाँको दाबी छ । कार्यक्रममा गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका उत्पीडित समुदायका १७ सांसदलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij