• Wednesday 9th of September 2026

प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता


  • आशाका किरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij