• Saturday 25th of July 2026

एमालेको ‘मिसन ग्रासरूट’ अभियान : जिल्लाजिल्लामा अभिमुखीकरण


  • आशाका किरण

नेकपा (एमाले)ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ ।

निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरमा खटाउने निर्णय गरेको थियो । अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।

हालसम्म नुवाकोटमा पार्टी सचिव गोकर्णराज विष्ट, जुम्लामा सचिव योगेशकुमार भट्टराई, पर्वतमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, गोरखामा स्थायी कमिटी सदस्य किरण गुरूङ, उदयपुरमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, बारामा पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, बाँकेमा केन्द्रीय सदस्य डकबहादुर खड्का, तनहुँमा सचिव पद्मा अर्यालको उपस्थितिमा बैठक र भेला भई कार्यविभाजन भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनतालाई जागरूक बनाउँदै एमालेलाई बहुमतमा पु-याउन कार्यकर्ता गाउँघरमा खटिने बताउनुभयो । उहाँले एमाले कुनै पनि शक्ति सामु नझुक्ने र आफ्नो बलमा उभिएर सही मुद्दाका साथ जनताको इजलाशमा खडा भएकाले जनताबाट न्याय पाउने अपेक्षामा रहेको जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij