• Tuesday 8th of September 2026

आठ दलको बैठक बालुवाटारमा


  • आशाका किरण

राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको उपस्थिति छ ।

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij