• Wednesday 9th of September 2026

रास्वपाद्वारा वाग्ले अर्थनीति विभाग प्रमुखमा चयन


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट निर्वाचित आफ्ना सांसद डा स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

सो पार्टीको आज केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले वाग्लेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । यसैगरी, आजको बैठकले विभिन्न ३६ वटा विभाग गठनसमेत गरेको जनाइएको छ । यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ बाट वाग्ले निर्वाचित हुनुभएको थियो । चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij