• Saturday 25th of July 2026

एमाले स्थायी कमिटी बैठक बस्दै


  • आशाका किरण

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टीको एकीकृत वार्षिक कार्ययोजनाबारे छलफल गरिने छ ।

आजको केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकले एकीकृत वार्षिक कार्ययोजना बनाउने छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij