• Wednesday 9th of September 2026

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति


  • आशाका किरण

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

रायमाझीलाई वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।

उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उक्त घटनामा एक सय छ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij