• Friday 24th of July 2026

समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार : अध्यक्ष ओली


  • आशाका किरण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’मा उहाँले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताउनुभयो

“सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।”

ललितानिवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, “ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”

अहिले पनि सङ्घर्षको आवश्यकता नटरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नचाहेर पनि हामीमाथि दमन हुन्छ र हामी त्यसको प्रतिवादमा उत्रिनुपर्छ ।”

अध्यक्ष ओलीले लोकतन्त्रका नाममा अराजक, हिंसात्मक क्रियाकलाप भइरहेको उल्लेख गर्दै एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताउनुभयो । उहाँले देशलाई अलमल पार्नका लागि अनेक खालका भ्रम फिजाइएको उल्लेख गर्दै त्यो भ्रमका विरुद्ध एमाले सशक्त भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपालको सामाजिक परिवर्तनमा विद्यार्थीको भूमिका असाधारण रहेको भन्दै उहाँले देशमा न्याय, समृद्धि विकास, शिक्षा र विकास सबै कुराका लागि विद्यार्थीले ज्यान दिएको बताउनुभयो ।

नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनी राज नभएकाले मुलुक संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले दुई–दुई वर्षसम्म किन संवैधानिक परिषद्को बैठक भन्दै न्यायलयमाथि खेलवाड गरिएको टिप्पणी गर्नुभयो ।

अनेरास्ववियुका अध्यक्ष समिक वडालले मुलुकको ठूलो राजनीतिक परिवर्तनमा विद्यार्थी भूमिका महत्त्वपूर्ण रहेको भन्दै विद्यार्थी शैक्षिक आन्दोलनमा मात्र नभएर मुलुकको परिवर्तनका लागि अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij