• Wednesday 9th of September 2026

तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई छैन : केपी ओली


  • आशाका किरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको स्पष्ट पार्नुभएको छ ।

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई मंगलबार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले दलहरुको गठजोर गरेर सरकार परिवर्तन गर्ने चाहना एमालेलाई नभएको भन्दै एमालेको ध्यान मिशन ८४ मा रहेको बताउनुभएको हो ।

उहाले आगामी निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउने तयारीमा एमाले रहेको जिकिर गर्नुभयो । उहाले चौतर्फी धेराबन्दी र आक्रमणलाई पराजित गरेर एमाले अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।

ओलीले बैंशाख २४ गते पेश गर्नुपर्ने मिटरव्याज कानून सम्बन्धी अध्यादेश अन्तिम दिनमा पेश गरेर सरकारले सामन्तको पक्षमा काम गरेको तर्क गर्नुभयो ।

मिटरव्याज सम्बन्धी कानूनलाई अघि नवढाउने र त्यसको दोष प्रतिपक्षीलाई लगाउने काम सरकारका तर्फबाट भएको उहाले बताउनुभयो ।

संसद चलाउन एमालेले पहल गर्दा पनि आफुलाई सदनमा बोल्न नदिएको भनेर प्रधानमन्त्रीले झुट बालेको पनि बताउनुभयो ।

उहाले एमाले अनुचित, अनैतिक क्रियाकलापमा विश्वास नगर्ने र त्यस बाटोमा नहिड्ने जिकिर गर्नुभयो ।

कुनै व्यक्तिले कुनै त्रुटी गरे त्यो व्यक्तिगत हुने र पार्टीको नीति नहुने उहाले बताउनुभयो ।

ओलीले एमाले सरकारमा हुँदा गरेका राम्रा कामहरुको प्रचार गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij