• Tuesday 8th of September 2026

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


  • आशाका किरण
sf7df8f}F, #! c;f/M k|ltlglw;ef a}7sdf ;f+;b uf}td ;ª3Lo ;+;b ejg gofFafg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;ef a}7ssf] ;'?d} ;do dfu u/]/ ;d;fdlos ljifodf dGtJo /fVg'x'Fb} ;f+;b ;f]latf uf}td. tl:a/ M /Tg >]i7÷/f;;

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

“केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक परियारले सो विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराउनुभएको थियो । तर रास्वपाका सांसदले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij