• Tuesday 8th of September 2026

भन्सारबाट निरन्तर रुपमा सुन तस्करी भइरहेकोले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ: पदम गिरी


  • आशाका किरण

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरण गम्भीर भएर छानविन गर्नुपर्ने र यसका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभएको हो ।

उहाले मन्त्रीहरुको सेटिङमा नै क्वीन्टलका क्वीन्टल सुन तस्कर भएको आरोप लगाउनुभयो ।

भन्सारबाट निरन्तर रुपमा सुन तस्करी भइरहेको भन्दै उहाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाले यसअघि सुन तस्करीमा कृष्ण बहादुर महराको नाम आउदा समेत छानविन अघि नवढाएको जिकिर गर्नुभयो ।

गिरीले सुन प्रकरणमा जरासम्म पुग्ने गरि अनुसन्धानको सुनिश्चितता नभए सदन चल्न नसक्ने चेतावी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij