• Tuesday 8th of September 2026

सुनकाण्डमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले मानै छानविन गर्नु अचम्म लाग्दो छ : डा. शेखर कोइराला


  • आशाका किरण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी प्रकरणको अनुसन्धान बिचैमा रोकिन सक्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र बितरण तथा पदस्थापना कार्यक्रममा बोल्दै कोईरालाले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको अनुसन्धान अझैपनि निष्कर्षमा पुग्न नसकेको भन्दै सुन तस्करी प्रकरणको अनुसन्धान बिचैमा रोकिन सक्ने बताउनुभएको हो ।

उहाले भ्रष्टाचारका मुद्दामा ठूला मान्छेहरु मुछिएपछि अनुसन्धान बिचैमा रोकिने गरेको उल्लेख गर्नुभयो ।

कोइरालाले सुनकाण्डमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले मानै छानविन गर्नु अचम्म लाग्दो बिषय भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले लगातार सदन अवरुद्ध हुदा निकै क्षति भएको भन्दै सत्तापक्ष र प्रतिपक्षीले गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो ।

कोइरालाले कांग्रेसको केन्द्रीय समिति बैठकमा खुल्ला रुपमा छलफल हुन नपाएको बताउनुभयो ।

बैठक प्रत्यक्ष प्रसारण हुँदा सदस्यहरुले खुलेर अभिव्यक्ति दिन नसकेको उहाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij